1 year ago
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।
भारतमा केही महिनाअघि सम्पन्न क्रिकेट विश्वकप २०२३ खेलेर आएको नेदरल्यान्ड्सको टोलीमा विश्वकपबाट खासै परिवर्तन भएको छैन । विश्वकप खेलेकै खेलाडीसहित बलियो टोली लिएर नेपाल आएको नेदरल्यान्ड्स लिग-२ मा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट कोलिन एकरमेन, सकिब जुल्फिकर र लोगन भान बिक मात्र टोलीमा छैनन् ।
यता नेपाल भने पहिलो खेलमा हार बेहोरेसँगै केहि दबाबमा छ । नामिबियाविरुद्ध पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्र सिंह ऐरीको पुनरागमन हुने खबरले केहि आशा भने संचार भएको छ ।
प्रशिक्षक देशाइले नामिबियाविरुद्ध कुशल भुर्तेल र आसिफ शेखलाई ओपनिङको जिम्मेवारी दिएर अनिल शाहलाई तेस्रो नम्बरमा उतारेका थिए । यसक्रममा आरिफ शेख बेन्चमा रहेका थिए ।
नेदरल्यान्ड्सविरुद्ध आसिफ र कुशल नै ओपन गरेर आरिफ मध्यक्रममा आउने देखिन्छ । त्यस्तै पवन सर्राफको स्थानमा दीपेन्द्र टोलीमा फर्कने पक्काजस्तै छ । यसो हुँदा नेपालको ब्याटिङ क्रममा सन्तुलन हुनुका साथै दीपेन्द्रको बलिङले थप फाइदा पुग्छ । आरिफ र दीपेन्द्र नेपाली टोलीका उत्कृष्ट फिल्डरमा पनि पर्छन् ।
नेपाल र नेदरल्यान्ड्सले यसअघि ३ पटक ओडीआईमा एक अर्कासँग खेलेका छन् । दुई पटक न्युजिल्यान्डले सहज जित हासिल गर्दा नेपालले सन् २०१८ मा सिरिज बराबर गर्न १ रनको जित दर्ता गरेको थियो । नेपालको घरेलु मैदानमा नेदरल्यान्ड्स पहिलो पटक ओडीआई खेल्दैछ ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ
नेदरल्यान्ड्स टोली :
म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, तेजा निदमानुरु, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, रोलफ भान डर मर्व, बास डे लिड, काइल क्लेन, ओलिभर एलेन्बास
लिग-२ को खेल तालिका:
१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया – नामिबिया ४ विकेटले विजयी
१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया
२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]