1 year ago
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले शुक्रबार विज्ञप्ती जारी गर्दै फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ ।
नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न पाउने डिश होमले जनाएको छ । डिशहोमले आइसिसी विश्व कप लिग २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेल पनि प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]