1 year ago
February 16, 2024
हिमाल खरेल, बिर्तामोड
प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले पराजित गरेको छ । पहिले ब्याटिङ राजेको गौराहदहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।
१ सय ७९ रनको लक्ष्य पछ्याएको झापा गाउँपालिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन मात्रै बनाउन सक्यो । गौरादहका लागि ४० रन बनाएका सक्सेस तिम्सिना प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा शिवसताक्षी नगरपालिकाविरुद्ध कमल गाउँपालिका २५ रनले विजयी भएको छ । पहिले ब्याटिङ गरेको कमल गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
१ सय ६१ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले ६ विकेट गुमाउँदै १ सय ३५ रन मात्रै बनाउन सक्यो । कमल गाउँपालिकाका लागि ४ ओभरमा १३ रन दिएर २ विकेट लिएका रुपक बराल प्लेयर अफ दि म्याच घोषित भए । शिवसताक्षिका लागि सन्दिप पौड्यालले ४१ रन जोडेका थिए ।
प्रतियोगितामा शनिबार पहिलो खेल भद्रपुर नगरपालिकाविरुद्ध दमक नगरपालिका र दोस्रो खेल अर्जुनधारा नगरपालिकाविरुद्ध कचनकवल गाउँपालिकाबीच हुनेछ ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]