10 months ago
February 15, 2024
हिमाल खरेल, मेचीनगर
प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि २० क्रिकेट प्रतियोगितामा बिहीबार गौरीगञ्ज र मेचीनगर विजयी भएका छन् ।
पहिलो खेलमा गौरीगञ्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ६१ रनले पराजित गर्यो । पहिले ब्याटिङ रोजेको गौरीगञ्जले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो ।
१ सय ५६ रनको लक्ष्य पछ्याएको हल्दिबारी १८ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको थियो । गौरीगञ्जका लागि ५ विकेट लिएका छविलाल खड्का प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकाविरुद्ध मेचीनगर नगरपालिका ६० रनले विजयी भयो । पहिले ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो ।
२ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बुद्धशान्ति गाउँपालिका ८ विकेट गुमाउँदै १ सय ५५ रनमा सीमित भयो । मेचीनगरका लागि ३० बलमा ७८ रन बनाएका विराट डाँगी प्लेयर अफ दि म्याच घोषित भए ।
बुद्धशान्तिका लागि पर्शुराम पौडेलले ३ विकेट लिएका थिए । सो टोलीका लागि आदिहाङ फागोले ४४ रन बनाए
।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]