1 year ago
February 14, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं पाँचपोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८० फाल्गुन १२ देखि १९ गतेसम्म मुलपानी क्रिकेट स्टेडियममा हुने भएको छ । खेलकुद विकास समितिले एक प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोग रहेको छ ।
उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधानलाई निरन्तरता दिइएको भएता पनि यस वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेका उमेर समूह तथा सिनियर टिमबाट खेलिसकेका १ जना खेलाडीलाई टिममा सहभागी गराउन सक्ने प्रावधान समेत रहेको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले जानकारी दिएको छ ।प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमशः रु. १ लाख र ५० हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमीले एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट व्याट्सम्यानलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्नेछ ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल प्रत्यक्ष प्रसारण समेत हुने छ । प्रतियोगिता चैत्र ३ सम्म चल्ने छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]