default_image

1 year ago

February 14, 2024

बर्खा स्मृति अन्तरपालिका क्रिकेटमा कनकाई विजयी

221 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

कनकाई नगरपालिकाले झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको विशाल अन्तरले हराउँदै कनकाई विजयी भएको हो । टस जितेर बलिङ रोजेको बाह्रदशीले २० ओभरमा ६ विकेट लिँदै कनकाईलाई १ सय ८१ रन दिएको थियो ।

कनकाईका लागि आयुष न्यौपानेले २३ बलमा ४५ रन जोडे भने शौरभ बिमलीले २० बल खेल्दै ४४ रन जोडेका थिए ।बाह्रदशीका रोहन कार्कीले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिए ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको बाह्रदशीले २० ओभर सबै विकेट गमाउँदै १ सय ९ रनमा समेटिएको थियो । बाह्रदशीका इर्साद आलमले २९ बलमा ३४ रन जोडे भने जाहिद आलमले २७ बलमा ३३ रन जोडेका थिए ।

कनकाईका कुशल न्यौपानेले ४ ओभर बलिङ गर्दै १४ रन दिँदै ४ विकेट लिए भने आयुष न्यौपानेले ४ ओभर बलिङ गर्दै १२ रन दिएर १ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच कनकाईका आयुष न्यौपाने भए । उनलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गरे ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष प्रसाईंले बताए । फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

March 16, 2025

पिएम कप – विपिनको ६ विकेटमा कोशीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ। जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा […]

March 16, 2025

गण्डकीको लज्जास्पद योगफल

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको‌ हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]

March 16, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको सहज जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]

Success

Thank you for your time.