10 months ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीको प्रशिक्षकमा कलाम अली र ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ ।
राष्ट्रिय टोलीको पूर्वकप्तान समेत रहेका मल्लले प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । उनले यसै महिना आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका हुन् । उनले एकेडेमीमा भने खेलाडी हुँदाको समयदेखि प्रशिक्षण दिँदै आएका थिए ।
यता अली भने लामो समयदेखि प्रशिक्षणमा व्यस्त रहेका छन् । प्रधानमन्त्री कपमा बागमती प्रदेशको टोली सम्हालेका उनले नेपाल यू१९ को सहायक प्रशिक्षकका साथै थुप्रै फ्रेन्चाइज लिगको टोलीलाई हेरेको अनुभव छ ।
यो पनि : नेपाल ‘ए’ टिमको घोषणा
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]