default_image

1 year ago

February 14, 2024

सीताको ‘प्लेयर अफ द म्याच’ भ्यालेन्टाइन श्रीमानलाई समर्पित

1743 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर सीता रानामगर एसीसी प्रिमियर कप अन्तर्गत क्वाटरफाइनलमा कुवेतविरुद्ध आफ्नो प्लेयर अफ द म्याच घोषित भइन् ।

कुवेतविरुद्ध ह्याट्रिक लिँदै उत्कृष्ट प्रदर्शन गरेकी उनले खेलपछि बोल्दै आफ्नो प्लेयर अफ द म्याच अवार्ड श्रीमानलाई समर्पण गरेको बताइन् । ‘आजको यो अवार्ड मेरो श्रीमानलाई समपर्ण गर्न चाहन्छु । र साथसाथै ह्याप्पी भ्यालेन्टाइन डे पनि भन्न चाहन्छु,’ सीताले भनिन् ।

सीता र पूर्व बक्सिङ खेलाडी दिलीप लामाको विवाह ४ वर्षअघि भएको थियो । यी दुईको भेट नेपाल एपीएफ क्लबमा भएको थियो । त्यसबेला दिलीप राष्ट्रिय बक्सिङ खेलाडी थिए । पछिल्लो समय भने उनले खेल जीवनबाट विश्राम लिइसकेका छन् ।

प्लेयर अफ द म्याच घोषित सीताले बलिङमा ह्याट्रिक लिँदै ब्याटिङतर्फ १७ रन जोडिन् । वर्षाका कारण प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ६.५ ओभरमा पूरा गरेको हो । त्यसअघि कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोडेको थियो ।

सिताले १३औ ओभरमा ह्याट्रिक लिए लिएकी थिइन् । उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गरिन् । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट भईन् । यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै सिताले ह्याट्रिक लिन सफल भईन् ।

नेपालले अब शुक्रबार सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ ।

March 16, 2025

पिएम कप – विपिनको ६ विकेटमा कोशीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ। जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा […]

March 16, 2025

गण्डकीको लज्जास्पद योगफल

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको‌ हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]

March 16, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको सहज जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]

Success

Thank you for your time.