11 months ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी अलराउन्डर सिता रानामगरको ह्याट्रिकसँगै नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको क्वाटरफाइनल खेलमा कुवेतलाई मध्यम योगफलमा रोकेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक सहित ३ विकेट लिन सफल भइन् ।
सिताले १३औ ओभरमा ह्याट्रिक लिए लिएकी थिइन् । उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गरिन् । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट भईन् । यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै सिताले ह्याट्रिक लिन सफल भईन् ।
यस्तै रुबिना क्षत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन् ।
कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तौ शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउन सफल भए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।
नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकाल्दै समुहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आजको विजेताले जापान र मलेसिया बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि खेल्ने छ । अर्को सेमिफाइनलमा यूएई र थाइल्याण्ड खेल्दैछन् ।
फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्ने छन् । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।
January 2, 2025
एजेन्सी – ब्याटर कुशल परेराको शतकको सहयोगमा श्रीलंकाले घरेलु टोली न्युजिल्याण्डविरुद्ध सान्त्वना जित हात पारेको छ । न्युजिल्याण्डसँगको तेस्रो टि ट्वान्टी आईमा श्रीलंका ७ रनले विजयी भएको हो । तेस्रो खेल श्रीलंकाले जिते पनि यसअघिका दुवै खेल जितेर न्युजील्याण्डले सिरिज भने जितिसकेको थियो । श्रीलंकाले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित […]
January 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डललाई बाहिर राख्दै […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधवार लिग चरणको सबै खेल सकिएको छ। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर विजेता र चक्रवर्ती ल कलेज उपविजेता, समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी विजेता र स्टुडियो सेभेन उपविजेता बन्दै अन्तिम ८ मा पुगेका […]