1 year ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप क्रिकेट लिग-२ सँगै सन् २०२७ सम्म खेल्ने अन्तर्राष्ट्रिय सिरिजको तालिका आइसीसीले सार्वजनिक गरेको छ ।
आइसीसीले निकालेको सिरिज तालिका अनुसार लिग-२ साइकलमा सहभागी ८ टोलीमध्य क्यानडा मात्र नेपालमा सिरिज नखेल्ने भएको छ । यसबाहेक अन्य ६ टोलीले भने ३ त्रिकोणात्मक सिरिज खेल्दै नेपालमा खेल्नेछन् । यस्तैगरी नेपालले भने नामिबिया भ्रमण गर्नुपर्ने छैन ।
अधिकांश लिग-२ सिरिजपछि २ वा ३ टोलीले नै टि२०आई सिरिज पनि खेल्दैछन् । त्यसै अनुसार यसपटक लिग-२ सिरिज समापन भएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि२०आई सिरिज खेल्दैछन् ।
आइसीसीले सार्वजनिक गरेको बाहेकमा पनि दुई देशको सहमतिमा सिरिज थप्न भने सकिनेछ ।
नेपालले खेल्ने सिरिज यसप्रकार छ :
२०२४ फेब्रुअरी – नेपालमा ३ ओडीआई – क्यानडा
२०२४ फेब्रुअरी/मार्च – नेपालमा लिग-२ ४ ओडीआई, ४ टि२०आई – नामिबिया र नेदरल्यान्ड्स
२०२४ जुन – अमेरिकामा आइसीसी टि२० विश्वकप
२०२४ सेप्टेम्बर – क्यानडामा लिग-२ ४ ओडीआई, ४ टि२०आई – ओमान र क्यानडा
२०२४ अक्टोबर – क्यानडामा २ ओडीआई – ओमान र क्यानडा
अक्टोबर २०२४ – अमेरिकामा ४ ओडीआई, ४ टि२०आई – अमेरिका र स्कटल्यान्ड
मे २०२५ – स्कटल्यान्डमा लिग-२ ४ ओडीआई, ४ टि२०आई – स्कटल्यान्ड र नेदरल्यान्ड्स
सेप्टेम्बर २०२५ – एसिया कप
अक्टोबर २०२५ – नेपालमा ३ टि२०आई – अमेरिका
अक्टोबर २०२५ – यूएईमा लिग-२ ४ ओडीआई – यूएई र अमेरिका
नोभेम्बर २०२५ – नेपालमा २ ओडीआई – ओमान
नोभेम्बर २०२५ – नेपालमा लिग-२ ४ ओडीआई – ओमान र यूएई
नोभेम्बर २०२५ – नेपालमा ३ टि२०आई – ओमान
जनवरी २०२६ – नेपालमा ५ टि२०आई – क्यानडा
जनवरी/फेब्रुअरी २०२६ – नेपालमा ४ टि२०आई हाम्रो – स्कटल्यान्ड र नेदरल्यान्ड्स
अगष्ट २०२६ – नेदरल्यान्ड्समा २ ओडीआई – नेदरल्यान्ड्स
अगष्ट २०२६ – नेदरल्यान्ड्समा लिग-२ ४ ओडीआई, २ टि२०आई – नेदरल्यान्ड्स र नामिबिया
अक्टोबर २०२६ – ओमानमा २ ओडीआई – ओमान
अक्टोबर २०२६ – ओमानमा लिग-२ ४ ओडीआई, ४ टि२०आई – ओमान र क्यानडा
नोभेम्बर २०२६ – नेपालमा लिग-२ ४ ओडीआई, ४ टि२०आई – स्कटल्यान्ड र अमेरिका
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ। जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]
March 16, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]