default_image

1 year ago

February 13, 2024

वेस्ट इन्डिजको अष्ट्रेलियाविरुद्ध सान्त्वना जित

2100 views

0 Bookmark

एजेन्सी – शृंखला गुमाइसकेको वेस्ट इन्डिजले अष्ट्रेलिया विरुद्ध तेस्रो टि-२० मा सान्त्वना जित दर्ता गरेको छ । तीन खेलको शृंखला २-० ले गुमाइसकेपछिको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले ३७ रनको जित दर्ता गरेको हो ।

२२१ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ४९ बल खेल्दै ९ चौका र ३ छक्कासहित सर्वाधिक ८१ रन बनाए । यस्तै टीम डेभिडले १९ बलमा ५१ रन बनाएर अविजित रहे । मिचेल मार्शले १७, एरन हार्डीले १६ तथा ग्लेन म्याक्सवेलले १२ रन बनाए ।

वेस्ट इन्डिजका लागि जितमा रोमारियो सेफर्डले ४ ओभरमा ३१ रन दिँदै २ विकेट लिए । यस्तै रोस्टन चेजले पनि ४ ओभरमा १९ रन दिएर २ विकेट नै लिए । अकिल होसेनले एक विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे रसेलले विष्फोटक इनिङ खेल्दै २९ बलमा ४ चौका र ७ छक्का सहित ७१ रन बनाए ।

यस्तै शेरफान रदरफोर्डले ४० बलमा ६७ रन बनाउँदै अविजित रहे । रोस्टन चेजले २० बलमा ३७ रन बनाए ।

अष्ट्रेलियाका लागि जेभियर बार्टलेटले ४ ओभरमा ३७ रन दिएर दुई विकेट लिए । जेसन बेहरनडोर्फ, स्पेन्सर जोन्सन, एरन हार्डी र एडम जाम्पाले समान एक एक विकेट लिए ।

यसअघि यी दुई टोली बीच भएको टेस्ट शृंखला १-१ को बराबरीमा सकिएको थियो भने एक दिवसीय श्रृंखला अष्ट्रेलियाले ३-० ले जितेको थियो ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.