1 year ago
February 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले मनमोहन स्मृति यू-१६ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानमा समूह बी अन्तर्गत मधेशले लुम्बिनी प्रदेशलाई १२ रनले हरायो । सोही समूहमा सुदूरपश्चिमले आयोजकमाथि ७ विकेटको जित दर्ता गर्यो । दुवै विजयी टोलीले २-२ अंक जोडेका छन् ।
पहिलो खेलमा मधेशले निर्धारित २५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो । परिमार्जन यादवले २८ रन जोड्दा वासिम अलीले २३ रनको योगदान दिए । जवाफमा मेराज आलमले ३ विकेट र रोहन यादवले २ विकेट लिएपछि लुम्बिनीले २३.३ ओभरमा अलआउट हुँदै १ सय १६ रनमात्र जोड्न सक्यो ।
दोस्रो खेलमा मनमोहनले प्रस्तुत गरेक ७० रनको लक्ष्य सुदूरपश्चिमले ९.२ ओभरमै पूरा गर्यो । विशाल विष्टले २३ बलमा ३३ रन जोड्दै सहजै लक्ष्यसम्म पुर्याए । त्यसअघि सचिन मल्लले ६ रन खर्चेर ३ विकेट लिँदा आयोजक मनमोहन स्मृति ६९ रनमा अलआउट भएको थियो ।
प्रतियोगिताको समूह ए मा कोशी, बागमती, गण्डकी र कर्णाली छन् । समूह बी मा आयोजकसँगै मधेश, लुम्बिनी र सुदूरपश्चिम छन् । समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल फागुन ७ गते हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]