1 year ago
February 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अलराउन्डर शक्ति गौचन र गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रिजन प्रजुले आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका छन् ।
दुई महिना अघि सिंगापुरमा भएको लेभल आइसिसी २ कोचिङमा ३ जनाले भाग लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) आफ्नो सामाजिक सन्जाल मार्फत तीनै जनाले कोर्ष उतिर्ण गरेको जनाएको छ ।
नेपालसहित सिंगापुर, मलेसिया, थाईल्यान्ड, ओमान, साउदी अरेविया, माल्दिभ्स, उज्बेकस्तान, चीन, भुटान, पाकिस्तान, मंगोलिया र कतारका गरि कुल २४ जना कोर्षमा भाग लिएका थिए ।
बंगलादेशका पूर्वक्रिकेटर अमिनुल इस्लाम र पाकिस्तानका पूर्व अलराउन्डर इकबाल सिकन्दरले कोर्षमा प्रशिक्षण दिएका थिए । ज्ञानेन्द्रले सन् २००९ , शक्तिले २०११ र रिजनले २०१३ मा लेभल १ कोर्ष गरेका थिए।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]