1 year ago
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी मनमोहन स्मृति यू-१६ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित दर्ता गर्दा बागमती पनि विजयी भएको छ ।
दिनको पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ४ विकेटले हरायो । कर्णालीले पहिलो ब्याटिङ गर्दै २१.५ ओभरमा अलआउट हुनुअघि १ सय ३ रन जोडेको थियो । प्लेयर अफ द म्याच रोहित ठाकुरले मात्र ३ रन खर्चेर ४ विकेट लिएका थिए । दिपक खत्रीले सर्वाधिक ४१ रन जोडे ।
जवाफमा बागमतीले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान सुर्यान्शु कोइरालाले नटआउट ६० रन जोड्दै जितको आधार तयार पारेका थिए । बागमती
त्यस्तै दिनको दोस्रो खेलमा गण्डकीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई ४९ रनले हरायो । ओपनर रोहित चन्दको ३४ र युगान्त खत्रीको नटआउट ३५ रनमा गण्डकीले २५ ओभरमा १ सय ७३ रनको विशाल योगफल खडा गरेको थियो ।
जवाफमा कोशीले २५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन मात्र जोड्न सके । सिउंश बजगाईंले ३३ र रविन मण्डलले ३२ रन जोड्नुबाहेक अन्यले महत्त्वपूर्ण योगदान दिन सकेनन् । प्लेयर अफ द म्याच घोषित रोहितले अलराउन्ड प्रदर्शन गर्ने क्रममा २ विकेट पनि लिए ।
गण्डकी २ खेलमा ४ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गर्ने बलियो सम्भावना छ । कोशी र बागमतीको २-२ अंक हुँदा कर्णाली अंकविहिन छ ।
प्रतियोगिताको समूह ए मा कोशी, बागमती, गण्डकी र कर्णाली छन् । समूह बी मा आयोजकसँगै मधेश, लुम्बिनी र सुदूरपश्चिम छन् । समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल फागुन ७ गते हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]