1 year ago
February 12, 2024
राकेश तिमल्सिना, चितवन
सनराइज इंग्लिस स्कुल भरतपुर र वाल्मिकी शिक्षा सदन सोमबार भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरद्यिालय क्रिकेटको नकआउट चरण पार गर्दैै लिगमा प्रवेश गरेका छन् ।
वाल्मिकीले वाकओभर पाएको छ । सनराइजले होली भिजन पब्लिक स्कुल लंकुलाई ५९ ले हराउदै लिगमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा वाल्मिकीको प्रतिद्वन्दी सिर्जना स्कुल पूर्व निर्धारित समय भन्दा १ घण्टापछिसम्म उपस्थित नभएपछि टेक्निकल कमिटीको निर्णयले वाल्मिकीलाई वाकओभर दिइएको थियो ।
भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अर्को खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सनराइजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन जोड्यो ।
एउटा इन्डबाट लगातार विकेट गुमाएपनि सनराइजको इनिङ्स मध्यक्रममा चन्दन महतोले सम्हाले । ३८ बल खेल्दै चन्दन ७ चौका र ४ छक्काको मद्दत ७० रनमा नटआउट रहे । बलिङमा विशाल खत्री र सागर कंडेलले समान २ विकेट, आर्यन सुवेदी, प्रशान्त गिरी र निवास कंडेलले समान १ विकेट लिएका थिए ।
१ सय ४२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ थालेको होली भिजन १४.४ ओभरमा अलआउट हुदै ८२ रनमा रोकियो । सर्वाधिक २१ रन बनाएका होली भिजनका सनम तामाङ उज्जवल पटेलको बलमा बोल्ड आउट हुँदै पेभिलियन फर्किए । सागर कंडेलले तल्लोक्रममा १४ रन जोडे ।
बलिङमा दिवस लामिछाने र उज्जवल पटेलले समान ४ तथा चन्दन महतोले २ विकेट लिए । २ विकेट लिदै नटआउट ७० रन बनाउदै अलराउण्ड प्रदर्शन गरेका चन्दन महतो खेलको प्लेयर अफ द म्याच भए ।
प्रतियोगितामा मंगलबार नकआउट चरणका अन्तिम खेल हुनेछन् । पहिलो खेलमा ओमशान्ति एकेडेमी भरतपुर र अंकुरम एकेडेमी भरतपुर तथा अर्को खेलमा अर्किड स्कुल भरतपुर र अरोमा स्कुल भरतपुरबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउटबाट छानिएका १० टोलीलाई गोलाप्रथा मार्फत २ समुहमा विभाजन गरिनेछ । फागुन ४ गतेबाट राउन्ड रोविनका खेल सुरु हुनेछन् । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता फागुन २२ गतेसम्म चल्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]