1 year ago
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा बलर हेमन्त धामीले नेपाली सिनियर राष्ट्रिय क्रिकट टोलीबाट ओडीआई डेब्यु गर्दैछन् । क्यानडाविरुद्ध सोमबार हुने तेस्रो ओडीआईमा हेमन्तले डेब्यु गर्न लागेका हुन् ।
हेमन्तले नेपालबाट ४१ औं ओडीआई क्याप पाएका हुन् । उनलाई पूर्व क्रिकेटर राजु बस्न्यातले क्याप दिएका थिए ।
चोटका कारण आइसीसी यू१९ विश्वकप गुमाएपनि हेमन्त राष्ट्रिय टोलीमा परेका थिए । उनले टोलीमा परेका पहिलो पटक नै डेब्युको अवसर पाएका हुन् । हेमन्तले चोटका कारण अन्तिम समयमा यु १९ विश्वकप गुमाएका थिए ।
यू१९ विश्वकप छनोटमा नेपालका लागि उच्च प्रदर्शन गरेका उनले यसअघि नै प्रशिक्षक देशाइलाई सिनियर टोलीको नेट्समा बलिङ गर्दै प्रभावित बनाएका थिए । चोटबाट पुनरागमन गरेका उनले सिनियर टोलीमा परेको पहिलो अवसरमै खेल्न पाएका छन् ।
नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भीम सार्की
बेन्च : सुर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख
क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]