default_image

1 year ago

February 11, 2024

यु १९ क्रिकेट टोली पुरस्कृत

894 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएइमा भएको आईसीसी यु–१९ विश्व कप एसिया छनोट उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, मुख्य प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख रुपैयाँ पुरस्कार दिइयो ।

टोलीका खेलाडीमा कप्तान देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा रहेका छन् । खेलाडीले जनही ३ लाख रुपैयाँ प्राप्त गरे ।

मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले २ लाख तथा व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १ लाख रुपैयाँ प्राप्त गरे ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरे ।

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

April 29, 2025

नेपाल रातोको सहज जित

काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]

Success

Thank you for your time.