default_image

1 year ago

February 11, 2024

नेपालको लगातार दोस्रो जित

4388 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियामा आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको जित दर्ता गरेको हो ।

टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोकेको थियो । नेपालले उक्त लक्ष्य १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

यस जितसँगै नेपालको २ खेलमा ४ अंक पुगेको छ । अब नेपालले मंगलबार समूह विजेता बन्न माल्दिभ्सको सामना गर्नेछ । आज अर्को खेलमा हङकङ र माल्दिभ्स खेल्दैछन् । उक्त खेलमा हङकङ विजयी भए नेपाल क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

भुटानविरुद्ध नेपालको जितमा सीता राना मगरले नटआउट ३२ रन जोड्दै नेपाललाई जितसम्म डोर्याइन् । उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । रुविना क्षेत्रीले २४ बलमा १-१ चौका र छक्कासहित नटआउट १७ रनको योगदान दिइन् ।

त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएका थिए । कवितालाई अन्जु गुरुङ र इन्दुलाई अन्जली घलेले आउट गरेका थिए ।

भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रनको योगदान दिइन् । नेपालबाट कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले १-१ विकेट लिएका थिए ।

समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.