1 year ago
February 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप् अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानबाट ६६ रनको सामान्य लक्ष्य पाएको छ ।
टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोक्यो । भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् ।
त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रनको योगदान दिइन् । नेपालबाट कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले १-१ विकेट लिएका थिए ।
पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको नेपाल आजको खेलमा विजयी भए क्वाटरफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]