default_image

1 year ago

February 10, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप – लक्ष्मी र प्रभात लिग चरणमा

316 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन

लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् ।

आज भएको खेलमा लक्ष्मीले चितवन माविलाई ५७ रनले तथा प्रभातले सिद्धार्थ मावि केरुङालाई ६ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् ।

भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लक्ष्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनको मध्यम योगफल बनायो ।

लक्ष्मीको इनिङ्स ओपनर समिर गैरेले सम्हालेका थिए । ३७ बल खेल्दै ३ चौका र १ छक्काको मद्धतमा ३७ रन बनाएका उनी दिलिप कुमार यादवको बलमा सुधिर यादवद्वारा समातिए । अरबिन सुनार ११ रनमा नटआउट रहे ।

बलिङमा उमाशंकर यादवले ३, दिलीपकुमार यादव र सुधीर यादवले समान २ विकेट लिए ।

१ सय २९ रनको मध्यम लक्ष्य पछ्याएको चितवन ११.४ ओभरमा ७१ रन बनाउदा अलआउट भयो । चितवनका लागि हरिकिशोर शाह १० रनमा नटआउट रहे ।

त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन दोहोरो अंकमा रहेन । लक्ष्मीको कसिलो बलिङसामु चितवनका ब्याटरहरुले साझेदारी बनाउन सकेनन् ।

बलिङमा कुन्दन यादवले ४, भविन्द्र रोकायाले ३ तथा शुलभ श्रेष्ठले २ विकेट लिए । ३.४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ४ विकेट लिएका कुन्दन खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै अर्को खेलमा ६३ रनको झिनो लक्ष्य पछ्याएको प्रभातले ७ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । प्रभातलाई जिताउन कप्तान मनिष भट्टराईले नटआउट १४ रन बनाए । बलिङमा सिद्धार्थका सम्बन्ध गुरुङले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिद्धार्थ ११.३ ओभरमा अलआउट हुँदै ६२ रनमा रोकियो । सनम गुरुङले १२ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नर्मल विश्वकर्मा र सुन्दर चापागाईले समान ३ विकेट लिए । ४ ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका नर्मल विश्वकर्मा खेलको प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा जानकी मावि तेलौली र विश्वप्रकाश मावि मंगलपुर खेल्नेछन् । त्यस्तै दोश्रो खेलमा स्मल हेभन मोडल स्कुल र इडन गार्डेन स्कुल आमनेसामने हुनेछन् ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता फागुन २२ गरे सम्म चल्नेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.