1 year ago
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार प्लेयर अफ द म्याच चुनिएका छन् ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गर्दा रोहितले दुवै ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरे । कप्तान रोहितले अवार्डसँगै १५ हजार रुपैयाँ प्राप्त गरे ।
क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले सर्वाधिक ८७ रनको योगदान दिएका थिए । १ सय १ बलमा ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।
रोहितले देव खनालसँग तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।
त्यसअघि बलिङमा पनि रोहितले राम्रो प्रदर्शन गरे । ८ ओभरमा ३२ रन दिएर उनले २ महत्त्वपूर्ण विकेट लिएका थिए । रोहितले मध्यक्रमका ब्याटर पर्गत सिंह र निकोलस किर्तनको विकेट लिएका थिए ।
रोहित त्यसअघि पहिलो खेलमा पनि प्लेयर अफ द म्याच चुनिएका थिए । उक्त खेलमा उनले २२ रन खर्चर ४ विकेट लिँदै नेपाललाई जिततर्फ अघि बढाएका थिए ।
यो पनि :
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]