default_image

1 year ago

February 10, 2024

रोहित र देवको अर्धशतक

454 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र यू१९ कप्तान देव खनालले क्यानडाविरुद्ध दोस्रो ओडीआईमा अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा रोहित र देवले अर्धशतक बनाउँदै इनिङ सम्हालेका हुन् । तेस्रो विकेटका लागि देव र रोहितले शतकीय साझेदारी पनि पूरा गरेका छन् ।

देवले ५६ बलमा अर्धशतक पूरा गरे । उनले ४ चौका र २ छक्का प्रहार गरे । रोहितले ६७ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन् । नेपालले २८ औं ओभरमा २ विकेट गुमाउँदै १ सय ६८ रन जोडेको छ । रोहित ५० र देव ५३ रनमा खेलिरहेका छन् ।

त्यसअघि ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।

अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।

त्यसअघि पाँचौ ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका थिए । उनी १६ बलमा १० रन जोड्दै सोहिकै बलमा क्याच आउट भए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालले लगातार २ विकेट गुमाएको हो ।

नेपाल ८ ओभरमा ६५ रन जोडेर खेलिरहेको छ । क्रिजमा कप्तान रोहित पौदले र देव खनाल १-१ रनमा छन् ।

नेपाल सिरिज जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो ।

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.