default_image

1 year ago

February 10, 2024

नेपाललाई क्यानडाको प्रतिस्पर्धात्मक लक्ष्य

1067 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाले ओडीआई सिरिजको दोस्रो खेलमा नेपालसामु २ सय ८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।

कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।

३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए ।

३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२-६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए ।

पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २-२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १-१ विकेट रह्यो ।

नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आएका छन् ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द

बेन्च : हेमन्त धामी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी

क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह

February 19, 2025

च्यापियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

एजेन्सी – पाकिस्तानमा घरेलु टोली र न्युजिल्याण्डबीच खेल हुदै च्याम्यिन्स ट्रफी २०२५ सुरु हुदैछ । पाकिस्तान र न्युजिल्याण्डबीचको खेल कराँचीमा रहेको नेशनल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा भारतलाई […]

February 18, 2025

तीन दशक पछि आइसिसी प्रतियोगिता गर्दै पाकिस्तानमा

एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल‌ […]

February 18, 2025

लिग टु – ओमानमाथि अमेरिकाको ऐतिहासिक जित

एजेन्सी – अमेरिकाले ओमानमाथि लिग टुमा ऐतिहासिक जित हासिल गरेको छ । अमेरिकाले मंगलवार सबैभन्दा कम लक्ष्य दिदैं खेल जित्ने कीर्तिमान बनाएको छ । अमेरिकाले ओमानलाई १ सय २३ रनको लक्ष्य दिदैं जित पनि हासिल गरेको हो । यसअघि भारतले पाकिस्तानलाई १ सय २६ रनको लक्ष्य दिदैं जितेको इतिहास रहेको थियो । १ सय २३ […]

Success

Thank you for your time.