1 year ago
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्टसले आइएलटि२० मा आज लिग चरणको अन्तिम खेल खेल्दैछ ।
गल्फले आज हुने खेलमा अबुधाबी नाइट राइडर्सलाई पराजित गरे प्लेअफमा स्थान पक्का गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । आजको खेलमा हार बेहोरेको अवस्थामा भने टोलीको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा भर पर्नेछ ।
हाल गल्फको ९ खेलमा १० अंक छ । अबुधाबीको पनि समान १० अंक नै छ । शीर्षस्थानको एमआइ इमिरेट्सको १२ अंक रहँदा दुबई क्यापिटल्स र शारजाह वारियर्सको ८-८ अंक छ । डेजर्ट भाइपर्सको ६ अंक छ ।
दीपेन्द्रले आजको खेलमा प्लेइङ ११ मा पर्ने सम्भावना छ । नामिबियाको कप्तान जेरार्ड एरास्मसको प्रदर्शन पछिल्लो केहि खेलमा राम्रो रहेको छैन । उनले ४ खेलमा ४४ रन मात्र जोडेका छन् ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]