1 year ago
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू१९ क्रिकेट टोलीका तीव्र गतिका बलर आकाश चन्दले सिनियर टोलीबाट क्यानडाविरुद्ध दोस्रो खेलमा डेब्यु गर्ने भएका छन् ।
आकाशले पहिलो खेलबाट स्पिनर ललित नारायण राजवंशीको स्थान लिँदै डेब्युको अवसर पाएका हुन् । उनी नेपालबाट ओडीआई खेल्ने ४० औं खेलाडी बनेका छन् । उनलाई शरद भेषावकरले क्याप दिएका थिए ।
तीव्र गतिका बलर आकाश चन्दले आइसीसी यू१९ विश्वकपमा उच्च प्रदर्शन गरेपछि सिनियर टोलीमा स्थान बनाएका हुन् । यसअघि सिनियर टोलीको बन्द प्रशिक्षणमा नेट बलरको रुपमा रहेका उनले प्रशिक्षणमा पनि प्रभाव छाडेका थिए ।
विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिँदै उनले सुपर सिक्सको यात्रा सहज बनाएका थिए । सिनियर टोलीमा परेको पहिलो अवसरमै उनले डेब्युको अवसर पाएका हुन् ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द
बेन्च : हेमन्त धामी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी
क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]