default_image

1 year ago

February 9, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- नारायणी नमुनाको जित

328 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) नारायणी नमुना मा. वि र मा.वि गंगानगरले विजयी सुरुआत गरेका छन् ।

नारायणीले भानु मा.वि पहारिलोटारलाई १ सय ४५ रनको फराकिलो अन्तरमा तथा मा.वि गंगानगरले बालकुमारी मा.वि.लाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन् ।

पहिलो खेलमा भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नारायणी नमुना मा. विले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८५ रनको विशाल योगफल तयार गर्यो ।

नारायणीका लागि ओपनर आयुष गिरी र मध्यक्रममा राहुल कुशवाहाले अर्धशतकीय इनिङस खेले । ५९ बल खेलेका राहुलले ७ चौका र १ छक्कासहित ६९ रनमा नटआउट रहे । ५१ बल खेल्दै आयुषले ७ चौकाको मद्धतमा ५८ रन बनाए ।

बलिङमा अंकित बिश्वकर्मा र गिरी बहादुर नेपालीले समान १ विकेट लिए । १ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको भानु मा.वि पहारिलोटार ९.३ ओभरमा ४० रनमा अलआउट भयो ।

भानुका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भानु इनिङस ध्वस्त बनाउने क्रममा संजय यादवले ३, सन्देश खरेल, निखिल चौधरी र उमेश महतोले समान २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नारायणीका राहुल कुशवाहा भए ।

यस्तै अर्को खेलमा ३७ रनको झिनो लक्ष्य पछ्याएको मा. वि. गंगानगरले विना कुनै विकेटको क्षतिमा ४ ओभरमा पुरा गर्यो । गंगानगरका सुजन रानाभाट १६ र राज बिश्वकर्मा १३ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बालकुमारी मा.वि. ९.५ ओभरमा ३६ रनमा अलआउट भयो । बालकुमारीका कुनै पनि ब्याटरले दोहोरो आँकाडामा रन छुन सकेनन् । बालकुमारीलाई सस्तैमा समेट्ने क्रममा गंगानगरका विश्वास तामाङले ४, सचिन महतोले ३ र अरुण राना मगरले २ विकेट निकाले ।

३.५ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ४ विकेट लिएका गंगानगरका विश्वास तामाङ खेलको प्लेयर अफ द म्याच चुनिए । नारायणी नमुना मा. वि र मा.वि गंगानगर जारी एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा संचालनमा भएको प्रतियोगितामा १० सामुदायिक र १० संस्थागत गरी कुल २० विद्यालयको सहभागीता रहेको छ । फागुन २२ गते सम्म चल्ने प्रतियोगिता नकआउट कम राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ ।

राउण्ड रोबिन लिगका लागि छानिएका १० टोलीलाई २ समुहमा विभाजन गरी आफ्नै समुहमा लिग खेलाइनेछ । मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रतियोगितामा प्राविधिक सहयोग चितवन जिल्ला क्रिकेट संघले गरेको छ ।

नकआउट चरणको उद्घाटन समारोहमा भरतपुर महानगरपालिका खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठ, समिति सदस्य दिप बहादुर पण्डित, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत अर्जुन कुमार मडै, चितवन जिल्ला क्रिकेट संघका पदाधिकारी लगायतको उपस्थिति थियो ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.