1 year ago
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसै साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय त्रिकोणात्मक सिरिज खेलेलगत्तै टि२०आई सिरिज पनि खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार फेब्रुअरी २७ देखि ५ मार्चसम्म चल्ने सिरिजमा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । लिग चरणमा २-२ पटक खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतियोगिताको सम्पूर्ण खेल टियु क्रिकेट मैदानमा नै हुनेछ । सबै खेल विहान ११:३० बजे सुरु हुनेछ । नेपालले २७ फेब्रुअरीमा नामिबिया, २८ फेब्रुअरीमा नेदरल्यान्ड्स, १ मार्चमा नामिबिया तथा २ मार्चमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल ५ मार्चमा हुनेछ ।
नेपालले टि२०आई को लागि भने टोली घोषणा गरेको छैन । प्रशिक्षक मोन्टि देशाइले केहि दिन अघिमात्र हाम्रो खेलकुदसँग अन्तर्वार्ताका क्रममा टि२० विश्वकपलाई मध्यनजर गर्दै विशेष तयारी थालिएको बताएका थिए ।
प्रशिक्षक देशाइले केहि खेलाडीलाई टि२० फर्म्याटमा मात्र ध्यान दिन ओडीआई टोलीमा नसमेटेको बताएका थिए । उनले लिग-२ सिरिजको समापनपछि टोलीले ३ महिनाका लागि विश्वकप लक्षित तयारी गर्ने बताएका थिए ।
हेर्नुहोस पूरा अन्तर्वार्ता :
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]