default_image

1 year ago

February 9, 2024

पहिलो टि२०मा अष्ट्रेलियाको जित

1268 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध शुक्रबार भएको पहिलो टि२०आई खेलमा ११ रनको जित दर्ता गरेको छ ।

होबार्टमा भएको खेलमा अष्ट्रेलियाले डेविड वार्नरको आक्रामक इनिङमा ७ विकेट गुमाउँदै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो । तर वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनमात्र जोड्यो । ३ खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अघि बढेको छ ।

यसै महिना टेस्ट क्रिकेटबाट सन्न्यास लिएका वार्नरले ३६ बलमा ७० रनको विष्फोटक इनिङ खेल्दै बलियो सुरुवात दिलाएका थिए । उनले १२ चौका र १ छक्का प्रहार गरे ।

अष्ट्रेलियाका लागि टिम डेविडले १७ बलमा ४ चौका र २ छक्कासहित नटआउट ३७ रन जोडेका थिए । जोश इंगलिसले ३९ र म्याथ्यु वेडले २१ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसलले ३ विकेट लिए ।

वेस्ट इन्डिजले राम्रो सुरुवात पाएपनि मध्यक्रमले त्यसलाई निरन्तरता दिन सकेनन् । ओपनरद्वय ब्रान्डन किंगले ३७ बलमा ५३ र जोन्सन चार्ल्सले २५ बलमा ४२ रन जोडेका थिए । तर मध्यक्रम नचल्दा वेस्ट इन्डिज खेलमा कायम रहेन ।

तल्लोक्रममा रोमारिओ शेफर्डले १५ बलमा ३४ रन जोड्दै आशा भने जगाएका थिए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ३ विकेट हात पारे ।

यसअघि टेस्ट सिरिज १-१ को बराबरीमा सकिँदा ओडीआई सिरिजमा अष्ट्रेलिया ३-० ले विजयी भएको थियो ।

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.