1 year ago
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार क्यानडाविरुद्ध ओडीआई सिरिजको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको नेपालले दोस्रो खेलमा टोलीमा केही परिवर्तन गर्ने बलियो सम्भावना छ ।
पहिलो खेलमा सूर्य तामाङ र रिजन ढकाललाई डेब्यु दिँदा दुवैले औसत प्रदर्शन गरेका थिए । रिजनले टोलीलाई पहिलो सफलता दिलाउँदा सूर्य भने विकेटविहिन रहेका थिए । त्यसबाहेक पवन सर्राफले पनि टोलीमा पुनरागमन गरे । दोस्रो खेलमा पनि प्रशिक्षक मोन्टी देशाइले एक डेब्युसँगै टोलीमा परिवर्तन गर्ने सम्भावना छ ।
नेपाल यू१९ टोलीका तीव्र गतिका बलर आकाश चन्द र हेमन्त धामी सिनियर टोलीबाट ओडीआई डेब्यु गर्न प्रतीक्षारत छन् । त्यस्तै यू१९ कप्तान देव खनाल पनि पुनरागमनपछि मैदान उत्रन आतुर छन् । विकेटकिपर अनिल शाह पनि पहिलो खेलमा बेन्चमा रहेका थिए ।
नेपालले क्यानडा सिरिजलाई लिग-२ को तयारीसँगै आफ्नो बेन्च स्ट्रेन्थ मापन गर्ने योजनाका साथ लिएको छ । त्यसैले शनिबारको खेलमा टोलीमा २-३ परिवर्तन हुने सम्भावना छ । प्रशिक्षक देशाइले देव र अनिललाई अवसर दिने सम्भावना देखिन्छ ।
ज्ञानेन्द्र मल्लको प्रस्थानपछि नेपालको तेस्रो नम्बर ब्याटिङमा अझै स्थायी खेलाडी आइसकेका छैनन् । त्यसका लागि देव पक्का खेलाडीको रुपमा हेरिएको छ । त्यसैले दोस्रो खेलमा देवले अवसर पाउन सक्छन् । त्यस्तै आसिफ शेखलाई विश्राम दिएर लयमा रहेका अनिल पनि टोलीमा आउन सक्छन् ।
पहिलो खेलमा नेपालले क्यानडाका ३ बायाँ हाते ब्याटर हुँदा सूर्यलाई खासै प्रयोग गर्न सकेको थिएन । यसैपनि ललित नारायण राजवंशी र रिजन ढकाल हुँदा कुशल मल्लले पनि बायाँ हाते बलिङ गर्न सक्छन् । त्यसैले ललित र सूर्यमध्य एकको स्थानमा आकाश वा हेमन्त खेल्न सक्छन् । दुवैले एकसाथ डेब्यु गर्ने सम्भावना पनि कायम छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]