default_image

1 year ago

February 9, 2024

पारस खड्का सन्न्यासपछि पहिलो पटक खेल्दै!

14715 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न उत्रने भएका छन् ।

रुपन्देहीस्थित तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पूर्व कप्तान खड्काले खेल्न लागेका हुन् । उद्घाटनका लागि ४ टोलीबीच टि१० प्रतियोगिता हुने कार्यक्रम रहेको छ । उद्घाटन फाल्गुन १४ गते एक्स्ट्राटेक मैदानमा नै हुनेछ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् । पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । त्यस्तै अन्य खेलाडीको नामावली चाडैं सार्वजनिक हुनेछ । १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहने सम्भावना छ ।

क्रिकेटबाट सन्न्यास घोषणा गरेयता क्रिकेट मैदानमा नदेखिएका पारसले आफू सन्न्यासपछि पहिलो पटक मैदानमा उत्रन लागेको बताए । ‘मैले अब सन्न्यासपछि कहिले क्रिकेट खेल्छु भन्ने प्रश्न सबैको हुन्थ्यो, एक्स्ट्राटेकको उद्घाटनमा त्यो अवसर जुरेको छ । त्योभन्दा ठूलो नयाँ मैदान नेपाली क्रिकेटले पाएको छ । एक्स्ट्राटेकले आफ्नै प्रयासमा यो निर्माण गर्नु प्रशंसनीय छ,’ उनले भने ।

March 18, 2025

महिला क्रिकेट टोली भोलि स्वदेश आइपुग्ने

काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

Success

Thank you for your time.