default_image

1 year ago

February 8, 2024

कुशल आक्रामक अर्धशतक बनाएर आउट

1731 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल क्यानडाविरुद्ध पहिलो ओडीआई खेलमा आक्रामक अर्धशतक बनाएर पेभेलियन फर्केका छन् ।

कुशल ५८ बलमा ६२ रनको योगदान दिंदै क्यानडाका कप्तान साद बिन जफरको बलमा स्टम्पिङ आउट भए । उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।

नेपाल १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय रनको स्थितिमा छ । क्रिजमा भीम सार्की १४ रन र कुशल मल्ल १ रन जोड्दै खेलिरहेका छन् ।

त्यसअघि नेपालले दशौं ओभरको पहिलो बलमा आसिफ शेखलाई गुमाएको थियो । पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि आसिफ उदय भगवानको बलिङमा नभ्नित धलिवालको हातबाट थर्ड म्यान क्षेत्रमा समातिए ।

कप्तान रोहित १५ औं ओभरमा इश्वरजोत सोहिको शिकार बने । ८ रन जोडेको अवस्थामा उनी एज लाग्दै पोइन्टमा हर्ष ठाकरबाट क्याच भएका थिए ।

टस जितेर कप्तान रोहित पौडेलले पहिलो ब्याटिङ रोजेका हुन् । नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिएको छ ।

बागमती प्रदेशका रिजन ढकाल र सूर्य तामाङले डेब्यु गर्दैछन् । पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ-११ मा स्थान बनाएका छन् । 

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.