1 year ago
February 7, 2024
हिमाल खरेल, बिर्तामोड
झापाको बुद्धशान्तिमा अर्को महिना हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
प्रतियोगिता फागुन २ गतेदेखि १२ गतेसम्म बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए ।
झापाका १५ वटै पालिकाको सहभागिता हुने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।
खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार रुपैयाँ दिइने बताइएको छ। पत्रकार भेटघाटमा अध्यक्ष प्रसाईंले निजी लगानीमा क्रिकेटको विकासका लागि पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङ, इन्दिरा फाउन्डेसनका अध्यक्ष सुसन पाठक, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेती, क्रिकेट अम्पायर विनित बास्तोला लगायतले प्रतियोगिता तयारीबारे जानकारी गराएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाको सामना गर्नेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]