1 year ago
February 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज खेल्ने क्यानडाको टोली घोषणा भएको छ ।
नेपाल र क्यानडाबीच यसै साता ३ ओडीआई खेलको सिरिज सुरु हुँदैछ । विहीबार सुरु हुने सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । त्यस्तै क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि टोली घोषणा गरेका छन् ।
साद बिन जफरको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडीहरु उपस्थित रहेका छन् । आरोन जोन्सन, श्रीमान्थ विजयरत्ने, नवानित धलिवल, कलिम साना डिलो हेलिगर र पर्गत सिंह टोलीमा छन् । अष्ट्रेलियाको उमेर समूह क्रिकेट खेलेका ओपनर म्याथु स्पुर्स भने टोलीमा छैनन् ।
नेपालले फेब्रुअरी ८, १० र १२ मा क्यानडासँग ओडीआई सिरिज खेल्दैछ । त्यस्तै नेपाल ए टोलीले पनि क्यानाडासँग सिरिज खेल्ने तालिका रहेको छ । क्यानले केहि दिनमा त्यसको विस्तृत विवरण सार्वजनिक गर्नेछ ।
क्यानडाको टोली :
साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हेलिगर, दिल्प्रित बज्वा, हर्ष ठाकर, कलिम साना, नवानित धलिवल, निकोलस किर्तन, निखिल दत्त, पर्गत सिंह, शहिद अहम्दजाइ, श्रेयस मोभा, श्रीमान्थ विजयरत्ने, इश्वरजित सोहि, उदय भगवान
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]