default_image

1 year ago

February 6, 2024

सहज जितसँगै अष्ट्रेलियाको क्लिन स्विप

417 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले वेस्ट इन्डिजलाई तेस्रो ओडिआईमा मंगलबार ८ विकेटले हराउँदै ३ खेलको ओडिआई सिरिजमा क्लिन स्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा जितको लागि पाएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो। ओपनर ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेले ।

जोश इंग्लिस १६ बलमा ३५ रनमा नट आउट रहे । स्टिभ स्मिथ ६ रनमा‌ नटआउट रहे । वेस्ट इन्डिजका अल्नारी जोसेफ र ओसान थोमसले समान १ विकेट लिए ।

त्यसअघि भ्रमणकारी टोली वेस्ट इन्डिजले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । वेस्टइन्डिज २४.१ ओभरमा ८६ रनमा अल आउट भएको थियो ।
ओपनर एलिक एथानाजेले सर्वाधिक ३२ रन बनाए । रोस्टन चेस १२ र केसी कार्टी १० रन बनाए थिए ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका जेभियर ब्रार्टलेटले ४ विकेट लिए । लान्सी मोरिस र एडम जाम्पाले समान २ विकेट लिएका थिए । अष्ट्रेलियाका जेभियर ब्रार्टलेट अन्तिम खेलको प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज चुनिए थिए।

अष्ट्रेलिया पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा ८३ रनले विजयी भएको थियो ।

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.