1 year ago
February 5, 2024
एजेन्सी – भारतले दोस्रो टेस्टमा इल्यान्डलाई १ सय ६ रनले हराएको छ ।
विशाखापटनमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन सोमबार को चिया समयअघि २ सय ९२ रन बनाउँदा अल आउट भएको थियो । इङ्गल्याण्डले ६७ रनमा एक विकेटको क्षतिबाट दिनको सुरुवात गरेको थियो।
इङ्ल्यान्डका ज्याक क्रलीले सर्वाधिक ७३ रन बनाएका थिए। भारतका जसप्रित बुमराह र रविचन्द्रन अश्विनले समान ३ विकेट लिए । मुकेश कुमार, कुलदिप यादव र अक्षर पटेलले समान १ विकेट लिएका थिए।
दोस्रो इनिङ्समा भारत २ सय ५५ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा २ सय ५३ इङ्गल्याण्डले त्यसपछि ३ सय ९९ रनको लक्ष्य पाएको थियो।
दोस्रो इनिङमा भारतका शुभमन गिलले शतक बनाए । इङ्ल्यान्डका टस हार्टलीले ४ र रेहान अहमदले ३ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३ सय ९६ रन बनाएको थियो । भारतका यशस्वी जयसवालले दोहोरो शतक बनाएका थिए । इङ्ल्यान्डका जेम्स एन्डरसन, सोएब बशिर र रेहान अहमदले समान ३ विकेट लिए ।
इङ्ल्यान्डका लागि ज्याक क्रलीले ७६ रन बनाए । भारतका जसप्रीत बुमराहले ६ विकेट लिए । ९ विकेट लिएका बुमराह प्लेयर अफ दि म्याच घोषित भएका थिए।
यो जितसँगै भारतले ५ टेस्टको खेलको शृङ्खलामा १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट इङ्ल्यान्डले २८ रनले जितेको थियो । तेस्रो टेस्ट फेब्रुअरी १५ मा राजकोटमा सुरु हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]