1 year ago
February 4, 2024
एजेन्सी – भारतविरुद्धको दोस्रो टेस्ट जित्नका लागि इंग्ल्यान्डले अन्तिम दुई दिनमा ३ सय ३२ रन बनाउनु पर्ने हुन्छ । तेस्रो दिन आइतबारको खेल समाप्ती हुँदा इंग्ल्यान्डले दोस्रो इन्जिङमा ६७ रन बनाउँदा १ विकेट गुमाएको छ ।
पहिलो इनिङमा ३ सय ९६ रन बनाएको भारतले दोस्रो इनिङमा आइतबार २ सय ५५ रनमा अलआउट भएको थियो । पहिलो इन्जिङमा २ सय ५३ रन बनाएको इंग्ल्यान्डले दोस्रो इनिङमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएको थियो ।
इंग्ल्यान्डका ज्याक क्राले २९ र रेहन अहमत ९ रनमा नटआउट रहँदा तेस्रो दिनको खेल सकिएको थियो । बेन डंकेटलाई २८ रनमा रविचन्द्रन आश्विनले आउट गरेका थिए ।
२८ रनमा विना विकेटको क्षेतिमा भारतले तेस्रो दिनको खेल अघि बढाएको थियो । दोस्रो इनिङमा भारतका लागि युवा ब्याट्सम्यान शुभमन गिलले शतकीय पाली खेले । गिलले १ सय ४ रन बनाए । एक सय ४७ बल खेलेका उनले २ छक्का र ११ वटा चौका प्रहार गरे ।
अक्षर पटेलले ४५ रन बनाए । श्रेयस ऐयर र आश्विनले समान २९ रन जोडे । ओपनर यशस्वी जैसवाल १७ र कप्तान रोहित शर्मा १३ रन थपे । इग्ल्यान्डका बलर टम हर्टलीले ४ , रेहन अहमदले ३, जेम्स एन्डर्सनले २ र सोएब बसिरले १ विकेट लिए । ५ टेस्टको श्रृखंलामा इंग्ल्यान्ड १–० ले अगाडि छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]