1 year ago
February 4, 2024
एजेन्सी – वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८३ रनले हराउँदै अष्ट्रेलियाले एक खेल बाँकी रहँदै ३ खेलको ओडीआई सिरिज जितेको छ ।
पहिलो ओडीआईमा ८ विकेटको जित निकालेको अष्ट्रेलियाले सिड्नीमा आइतबार सन एबोटको अलराउन्ड प्रदर्शनमा जित दर्ता गरेको हो । ब्याटिङतर्फ ६३ बलमा ६९ रनको योगदन दिएका एबोटले बलिङतर्फ पनि ३ विकेट हात पारेका थिए ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १ सय ७५ रन जोड्दै सबै विकेट गुमाएको थियो । ४४ ओभरमै अलआउट भएको वेस्ट इन्डिजका लागि केसी कार्टिले सर्वाधिक ४० रनको योगदान दिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया एक समय ९१-५ को स्थितिमा थियो । तर तल्लोक्रममा एबोटसँगै म्याथ्यु सर्ट (४१), आरोन हार्डी (२६) र विल सदरल्याण्ड (१८) ले राम्रो ब्याटिङ गरे । शीर्षक्रमका क्यामरन ग्रीनले ३३ र मार्नस लाबूसेनले २६ रन बनाएका थिए ।
अब सिरिज क्लिनस्विपको निर्णयका लागि मंगलबार क्यानबेरामा तेस्रो खेल हुनेछ । यसअघि टेस्ट सिरिज भने १-१ को बराबरीमा सकिएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]