1 year ago
February 3, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को फाइनल खेलमा खराब सुरुवात गरेको त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब विरुद्ध इनिङ सम्हालिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३४ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १०९ रन बनाएको छ ।
सोम्पाल कामी र विवेक यादब क्रमश: २६ र १७ रन बनाएर खेलिरहेका छन् । ६९ रनमा ७ विकेट गएको अवस्था देखि यी दुई ब्याटरले ४० रनको साझेदारी गरेका छन् ।
आर्मीले सुरुवातबाट नै पुलिसको स्पिन अट्याक विरुद्ध संघर्ष गर्नु पर्यो । ओपनर सन्तोष कार्कीलाई चौथो ओभरको आफ्नो स्पेलको पहिलो बलमा ललित राजबंशीले ६ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे । भिम शार्की पनि ललितकै बलमा छैठौ ओभरको पहिलो बलमा ५ रनमा आउट भए ।
सोहि ओभरको अन्तिम बलमा सन्दिप रजालीलाई ललितले शुन्यमा बोल्ड गरे । राम्रो लयमा रहेका कप्तान बिनोद भण्डारी २ रनमा करन केसीको बलमा करन द्वारा नै क्याच हुन पुगे ।
राम्रो सुरुवात गरेका कुशल मल्ल सागर ढकालको बलमा २०औ ओभरमा ३२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए । बसिर अहमदलाई २१औ ओभरमा दिपेन्द्र सिंह ऐरीले १ रनमा आफ्नो शिकार बनाए ।
त्यसपछि आउट हुने ओपनर इमरान शेख थिए । अर्को तर्फ लगातार विकेट झरिरहँदा क्रिजमा डटेर रहेका उनी ६६ बलमा २८ रन बनाउँदै २५औ ओभरमा दिपेन्द्रकै बलमा क्याच आउट भए ।
पुलिसका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने दिपेन्द्र सिंह ऐरीले २ तथा सागर ढकाल र करन केसीले समान १-१ विकेट लिएका छन् ।
पुलिस लिग चरणको सबै खेलमा जित निकाल्दै पहिलो स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । आर्मीले भने ९ खेलमा ७ जितसहित दोस्रो स्थानमा रहँदै पुलिस विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]