1 year ago
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकपमा नेपालले अन्तिम खेलमा भारतविरुद्ध फराकिलो हार बेहोरेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल भारतसँग १ सय ३२ रनले पराजित भएको हो ।
२ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान देव खनालले ५३ बलमा २ चौका सहित सर्वाधिक ३३ रन बनाए । उनी ३९औं ओभरमा नवौं विकेटका रुपमा पेभेलियन फर्किएका थिए । १०औं र ११औं नम्बरमा क्रिजमा आएका आकाश चन्द र दुर्गेश गुप्ताले अन्तिम विकेट बचाएर खेल्न सफल भए । आकाश चन्दले ३५ बलमा १८ रन बनाएर नटआउट रहे । यस्तै दुर्गेश गुप्ताले ४३ बलमा २ चौका र १ छक्का सहित २९ रनमा नटआउट रहे ।
यस्तै ओपनर अर्जुन कुमालले ६४ बलमा २६ रन बनाए । अर्का ओपनर दीपक बोहोराले ५२ बलमा २२ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्क समेत छुन सकेनन् । ४८ रनमा पहिलो विकेट खसेको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा सानो स्कोरमा इनिङ समाप्त गर्यो ।
भारतका लागि सौमी पाण्डेले १० ओभरमा २९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय इनिङ खेले । उनले १ सय १ बल खेलेर ११ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान सहरानले पनि १ सय ७ बलमा ९ चौका सहित १ सय रनको शतकीय इनिङ खेले ।
चौथो विकेटका लागि कप्तान उदय साहारन र सचिन दास मिलेर २ सय १५ रनको साझेदारी गरेका थिए । सचिन दास ४८औं ओभरमा गुलशनको बलमा क्याच आउट भएपछि सो साझेदारी तोडिएको थियो । उदय भने अन्तिम ओभरमा गुलशनकै बलमा आउट भएका थिए ।
भारतका सुरुवाती ब्याटर आदर्श सिंह १८ बलमा २१ रन प्रहार गर्दै गुलशनको बलमा पाँचौं ओभरमा विकेटकिपर उत्तम मगरको हातबाट क्याच आउट भएका थिए ।
यस्तै त्यसपछि आउट हुनेमा तेस्रो नम्बरमा आएका प्रियंशु मोलिया थिए । उनी १४औं ओभरमा १९ रन बनाएर रनआउट भएका थिए ।
सोही ओभरमा आकाशले अर्का ओपनर अर्शिन कुलकर्नीलाई १८ रनमा आउट गरे । सो विकेटमा पनि उत्तमले क्याच आउट गराएका थिए । मुशिर खान ९ रनमा र अराभेली अवानिश शून्यमा नटआउट रहे ।
नेपालका लागि गुलशन झाले १० ओभरमा ५६ रन दिंदै ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चिदै १ विकेट लिए ।
हार सँगै नेपालले सुपर सिक्स चरणमा विना अंक यात्रा समाप्त गरेको छ । समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाल तेस्रो खेलमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न सफल भएको थियो । सुपर सिक्सको पहिलो खेलमा बंगलादेश विरुद्ध नेपाल पराजित भएको थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]