1 year ago
February 2, 2024
सुशिल पन्त क्षेत्री, चितवन
बागमती प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेशलाई शुक्रबार ६ विकेटले हराउँदै बागमती च्याम्पियन बनको हो ।
भरतपुरको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २३ बलमा २ चौकासहित २० रन बनाइन् । सेविका यादवले २० र एलिसा खड्काले १५ रन जोडिन् । गण्डकीकी सीमाना केसीले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । गण्डकीकी ज्योत्सनिका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाइनम । बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले समान १ विकेट लिए ।
गण्डकीकी अलराउण्डर सीमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भइन् । सुदुरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु उत्कृष्ट बलर चुनिइन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ७ प्रदेशका टोली सहभागी थिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]