default_image

1 year ago

February 2, 2024

अर्जुन आइसिसीको‌ कारबाहीमा

9183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाली‌ यु-१९ का ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ ।

दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकपमा बंगलादेशविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ ।

आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको बंगलादेशविरुद्धको त्यो खेलको इनिङ्सको छैठौं ओभरमा कुमाल दौडेर बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा रन पूरा गर्ने क्रममा कुहिनोले हानेपछि घटना भएको हो । आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण उनी कारबाहीमा परेका हुन् ।

सो डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा रहनेछ । कुनै खेलाडीले २४ महिनाभित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको‌ सामना गर्नुपर्ने हुन्छ । यसअघि पाकिस्तानविरुद्धको खेलका दौरान भएको गल्तीका कारण स्पिनर सुवाष भण्डारी पनि कारबाहीमा परेका थिए ।  

समूह चरणको अन्तिम खेलमा गत अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु १९ को‌‌ सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो । सुपर सिक्सकै दोस्रो र अन्तिम खेलमा आज १:४५ बजे नेपाल र भारत भिड्दै छन् । 

समूह चरणमा नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ‌।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.