default_image

1 year ago

February 2, 2024

यु-१९ विश्वकप: नेपाल भारतविरुद्ध खेल्दै 

380 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल खेल्नु अगावै सेमिफाइनल सम्भावना टुंगिसकेको थियो । 

नेपालले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो । 

भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुबै खेलमा जित हात पार्न सफल भएको छ । नेपालले सन् २००० मा ८ विकेटले र २०१६ मा ७ विकेटले हार बेहोरेको थियो ।

सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । भारत र पाकिस्तानको समान ६ अंक रहेको छ । बंगलादेश ४ र न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्ड अंक विहिन छन् ।    

दोस्रो समूहमा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ ।वेस्टइन्डिज र दक्षिण अफ्रीकाको समान ४ तथा श्रीलंका र इंग्ल्यान्डको समान २ अंक छ । जिम्बाब्वेको भने ३ खेलमा अंक छैन ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.