1 year ago
February 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीले एक्लै सात विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको शतप्रतिशत जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ । मुलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गर्दै लिग चरणमा ९ मध्य ९ जित हात पारेको हो ।
पुलिसले दिएको १९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ढिलो शुरुवातका कारण ४९ ओभरमा सिमित भएको खेलमा ३७.१ ओभरमा १२० रनमा आउट भएको थियो ।
सुदूरलाई हराउन दीपेन्द्र सिंह ऐरी एक्लैले सात विकेट लिए । उनले १० ओभर बलिङ गरेर चार मेडन सहित २० रन मात्र दिए । ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले एक-एक विकेट लिए ।
सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३० रन बनाए । किरण ठगुन्नाले १८ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २४ रन बनाए । नरेन साउद ३८ बलमा २४ रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिस ४७.५ ओभरमा १९८ रनमा अलआउट भयो । पुलिसका लागि शंकर रानाले ५२ बलमा सर्वाधिक ४६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ३८ बलमा ४४ रन बनाए । अर्जुन साउदले ३२ रन बनाए भने आरिफ शेखले २६ रनको योगदान गरे ।
सुदूरका लागि शेर मल्लले ३ विकेट लिए भने नारायण जोशी, विकास आगरी र मिलन बोहराले २/२ विकेट लिए । दिपक चन्दले एक विकेट लिए ।
पुलिसले नौ खेलबाट नौ जितसहित १८ अंकमा लिग चरण समाप्त गरेको छ । पुलिसले शनिबार फाइनलमा आर्मीसँग भिड्नेछ ।
उता सुदूर नौ खेलमा चार जितसहित छैटौं स्थानमा रहन सफल भयो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]