1 year ago
February 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत फाइनल पुग्नका लागि जित्ने पर्ने खेलमा त्रिभुवन आर्मी क्लबले सामान्य योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ३९.१ ओभरमा सबै दश विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो ।
आर्मीको नियमित अन्तरालमा विकेट खसेपछि ठुलो स्कोर बनाउनबाट बन्चित हुन पुयो । आर्मीका ओपनर इमरान शेख सर्वाधिक ६४ बलमा ३ चौका र १ छक्का सहित ३४ रन बनाए ।
यस्तै सोमपाल कामीले ३९ बल खेल्दै २३ रन प्रहार गरे । यस्तै कप्तान बिनोद भण्डारीले ४६ बल खेल्दै १९ रन बनाउँदा कुशल मल्लले १० बलमा २ छक्कासहित १५ रन बनाए । भिम शार्की १० रनमा आउट भए । शाहब आलम १२ रनमा नटआउट रहे ।
आर्मीलाई सस्तैमा समेट्न गण्डकीका बिपिन खत्रीले १० ओभरमा ५ मेडन सहित २८ रन खर्चेर २ विकेट लिए । यस्तै कृष्ण पौडेल, अमृत गुरुङ र कमल परियारले पनि दुई-दुई विकेट नै लिए । सन्दिप पराजुली र रोशन गौतमले समान एक-एक विकेट लिन सफल भए ।
गण्डकी ८ खेलमा २ जित सहित ४ अंक बनाउँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । दोस्रो आर्मीको भने ८ खेलमा ६ जित सहित १२ अंक छ । आर्मीले आज जित हासिल गर्न सकेमा नेपाल पुलिस क्लब विरुद्ध फाइनल खेल्ने पक्का हुने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]