default_image

1 year ago

January 31, 2024

पुलिसको लगातार आठौँ जित

933 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार आठौँ जित दर्ता गरेको छ । दुई खेल बाँकी छँदै फाइनल प्रवेश गरिसकेको पुलिसले लुम्बिनी प्रदेश विरुध १०३ रनको फराकिलो जित दर्ता गरेको छ । 

खेल ढिलो सुरु वयेपाची ३८ ओभरमा घटाइएको खेलमा २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ३६.३ ओभरमा १४२ रनमा समेटियो । लुम्बिनीका लागि दिलसाद अलीले ४६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ३६ रन बनाए । नर सार्कीले ४१ बलमा ३१ रन बनाए । यस्तै बिराट भण्डारीले १६, सुशान्त थापाले १४ र प्रज्वोल थापाले १२ रन बनाए ।        

पुलिसका लागि कुशल भुर्तेलले ३ विकेट लिए भने करण केसीले २ विकेट लिए । ललित राजबंशी, सागर ढकाल, रशिद खान, आरिफ शेख र रोशन बुढालले समान एक-एक विकेट लिए ।  

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ३७.३ ओभरमा अलआउट हुँदै २४५ रन बनाएको थियो । नियमित कप्तान दिपेन्द्र सिंह ऐरीलाई विश्राम दिएपछि आज कप्तानी गरेका आरिफ शेखले ७६ बलमा सर्वाधिक ७६ रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । 

करण केसीले २७ बलमा ५ चौका र ५ छक्का सहित विष्फोटक इनिङ खेल्दै ५७ रन बनाए । यस्तै ओपनर कुशल भुर्तेलले ४२ बलमा ७ चौका र १ छक्का सहित ४८ रनको योगदान गरे ।  

लुम्बिनीका लागि नर सार्कीले ४ विकेट लिए भने वीर मगरले ३ विकेट लिए । यस्तै कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए ।  

पुलिस ८ खेलमा ८ जितमा १६ अंक सहित शीर्ष स्थानमा छ । लुम्बिनी ९ खेलमा २ अंक सहित तालिकाको आठौ स्थानमा रहँदै प्रतियोगिता अन्त्य गरेको छ ।  

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

Success

Thank you for your time.