default_image

1 year ago

January 31, 2024

एपिएफ विरुद्ध कर्णालीको मध्यम योगफल 

706 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लब विरुद्ध मध्यम योगफल खडा गरेको छ । यस संस्करणको आफ्नो सर्वाधिक योगफल बनाउने क्रममा कर्णाली ४४.१ ओभरमा २०६ रनमा समेटियो ।  

कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र ७ छक्का सहित ६२ रन बनाएका थिए ।  यस्तै अर्जुन घर्तीले ७४ बल खेलेर १ चौका र ३ छक्का सहित ५३ रन बनाए । यी दुई जना मिलेर चौथो विकेटका लागि १११ रनको साझेदार गरेका थिए । १०औ ओभरमा सुरु भएको सो साझेदारी २८औ ओभरमा हिमांशुको विकेटसँगै सकिएको थियो । अर्जुन भने ३३औ ओभरमा रनआउट भएका थिए ।

ओपनर निश्चल रावल ६ रन मात्र बनाएर छैठौ ओभरमा रमेश कुर्मीको बलमा आउट भएका थिए । त्यसपछि आउट भएका कप्तान रबिन्द्र शाही २२ रनमा भुवन कार्कीको शिकार बने । राजेश खड्का १ रनमा रनआउट भए ।

प्रकाश जैशी पनि १० रन मात्र बनाएर मौसम ढकालको बलमा आउट हुँदै पेभेलियन फर्किए । दिनेश अधिकारी अमर राउटेलाको बलमा २७ रनमा आउट हुन पुगे । दिपेन्द्र रावतले २७ रन बनाएर अमर राउटेलाको बलमा क्याच आउट भए । दिवन पुनलाई पनि मौसमले नै १ रनमा आउट गरे । दिनेश अधिकारी मौसमको अर्को शिकार बने । उनले १९ बल खेल्दै १९ रन नै बनाए । अनुज चनारा १ रनमा रन आउट भए ।  

एपिएफका लागि मौसम ढकालले ९ ओभरमा २ मेडन सहित ३२ रन खर्चिंदै ३ विकेट लिए । यस्तै अमर राउटेलाले २ तथा भुवन कार्की र रमेश कुर्मीले समान १-१ विकेट लिए ।  

एपिएफलाई शीर्ष चारमा रही एलिट ट्रफीका लागि छनोट हुन र फाइनलको सम्भावना कायम नै राख्न आज जित्ने पर्ने दवाब रहेको छ । एपिएफको ८ खेलमा १० अंक छ । कर्णालीको भने ८ खेलमा ६ अंक रहेको छ । 

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.