default_image

1 year ago

January 30, 2024

नेपाल सुपर सिक्स खेल्नुअघि विश्वकपबाट बाहिरियो!

5582 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपाल सुपर सिक्स चरणको पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित दर्ता गरेसँगै नेपाल बाहिरिने पक्का भएको हो । नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ । तर अंकविहिन रहेको नेपालले दुवै खेल जितेपनि ४ पुग्दा भारत र पाकिस्तानको ६-६ अंक हुँदा नेपाल अब सुपर सिक्स खेलेर घर फर्कने भएको हो ।

सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो रहेको छ । भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई २ सय १४ रनले हराएको हो । यस्तै पाकिस्तानले आयरल्यान्डविरुद्ध ३ विकेटको जित निकाल्यो ।

सुपर सिक्समा पुगेको टोलीको एक अर्काको नतिजा मात्र अघि बढ्दा अंक जोडिने थियो । यसकारण नेपालले समूह चरणमा अफगानिस्तानविरुद्ध हासिल गरेको जित सुपर सिक्समा गणना भएन । न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हारको रनरेट भने गणना भएको छ ।

अब नेपालले बुधबार दिउँसो १:४५ बजे बंगलादेशको सामना गर्नेछ । यस्तै शुक्रबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेल भारतको लागि शीर्षस्थानमा रहने वा छनोट हुनेको लागि महत्त्वपूर्ण हुन्छ ।

सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । नेपाल रहेको समूह १ मा भारत र पाकिस्तानको ३ खेलमा ६-६ अंक छ । बंगलादेशको २ खेलमा २ र न्युजिल्यान्डको ३ खेलमा २ अंक छ । नेपालले २ र आयरल्याण्डले ३ खेल खेल्दै अंक जोडेका छैनन् ।

दोस्रो समूहमा अष्ट्रेलियाको २ खेलमा ४ अंक छ । श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रीका र इंग्ल्यान्डको २ खेलमा समान २-२ अंक छ । जिम्बाब्वेको भने २ खेलमा कुनै अंक छैन ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.