1 year ago
January 30, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मुलपानीमा सुदूरपश्चिम प्रदेश विरुद्ध तीन विकेटको जित हात पारेसँगै विभागीय टोली नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायम राखेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपिएफले सो लक्ष्य ७ विकेट गुमाएर पुर्यायो ।
जितसँगै एपिएफको ८ खेलमा १० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलमा १२ अंक छ । एपिएफले फाइनल पुग्नका लागि अन्तिम खेल जित्ने पर्ने हुन्छ । यसका साथै एपिएफका लागि आर्मीले आफ्नो अन्तिम खेलमा हार बेहोर्नु पर्ने छ । त्यसपछि चिनोफानो नेट रन रेटका आधारमा हुने छ । नेपाल पुलिस क्लब ७ खेलमा सबैमा जित हासिल गर्दै १४ अंक सहित फाइनलमा आफ्नो स्थान बनाइसकेको छ ।
एपिएफका लागि सन्दिप जोराले १५ बलमा सर्वाधिक १८ रनको अविजित इनिङ खेले । यस्तै ओपनर आसिफ शेखले १५ रन बनाए भने भुवन कार्कीले १४ रन बनाए । लक्ष्य झिनो भएपनि सुदूरले लगातार दवाब राखेको थियो । ७ विकेट खसेपनि एपिएफले लक्ष्य १४.१ ओभरमा भेटाएको थियो ।
सुदूरका लागि दिपक चन्दले ६ ओभरमा ३६ रन खर्चिंदै ४ विकेट लिए । यस्तै नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूर १६.२ ओभरमा ८७ रनमा समेटियो । सुदूरलाई सस्तैमा समेट्न आज पहिलो खेल खेलिरहेका चन्दन रामले ७ ओभरमा ५१ रन दिँदै ५ विकेट लिए । यस्तै भुवन कार्कीले ६.२ ओभरमा १ मेडन सहित ३ विकेट लिए । कप्तान रोहित पौडेलले २ विकेट लिए ।
सुदूरका लागि नारायण जोशी २५ बलमा ३१ रन बनाउँदै अविजित रहे । यस्तै ओपनर खडक बोहोराले ३३ बलमा २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन् ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]