default_image

1 year ago

January 29, 2024

किड्स क्याम्प गर्न सम्झौता

141 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ र भरतपुरको बाह्रघरेस्थित क्यासी स्पोर्ट्सको संयुक्त आयोजनामा आगामी शनिबारदेखि ’किड्स क्याम्प २०८०’ आयोजना गर्ने सम्झौता भएको छ ।

क्यासी स्पोर्ट्सको परिसरमा सोमबार सम्मेलन गरी दुबै पक्षले ‘किड्स क्याम्प २०८०’ सन्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ८ वर्षदेखी १४ बर्षसम्मका बालबालिकाहरुलाई करिब ८ सेसन प्रशिक्षण दिइने क्यासी स्पोर्ट्सका म्यानेजर चेतन थापाले बताए ।

हरेक शनिबार र सार्वजनिक बिदाको दिनमा हुने सेसनमा क्रिकेटका सर्टिफाइड प्रशिक्षकबाट प्रशिक्षण गराइनेछ । हरेक सहभागीको दुर्घटना बिमासमेत गरिने थापाले जानकारी दिए । सहभागीले १ हजार ७ सय ५० रुपैयाँ शुल्क बुझाउन पर्ने उनले बताए ।

विगतमा क्याम्पाचौरमा आयोजना गरिदै आएको किड्स क्याम्पको निरन्तरता स्वरुप किड्स क्याम्पलाई इन्डोर भेन्युमा संचालन गर्न लागिएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताए । आउटडोरमा प्रशिक्षण गराउँदा भोग्नुपरेको कठिनाइहरु इन्डोरमा नहुने भएकाले पनि बालबालिकाको सहभागिता उल्लेख्य हुने विश्वास आफुहरुले लिएको उनले बताए ।

करिब ५० भन्दा धेरै बालबालिकाको सहभागीता रहने क्याम्पमा पहिलोपटक बलिङ्ग मेसिनको समेत प्रयोग गरिने पियाले जानकारी दिए । क्यासी स्पोर्ट्समा फुटसल, इन्डोर स्वीमिङ्ग पुल लगायत खेलकुद संरचनाहरु रहेका छन् ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.