1 year ago
January 29, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । सोमबार मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश विरुद्ध ६ विकेटको जित दर्ता गरेको पुलिसले लगातार सातौँ जित सहित दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
यसपटक शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने समीकरण रहेको छ । हाल पहिलो स्थानमा रहेको पुलिसले अहिलेसम्म खेलेका सबै खेलमा जित हासिल गर्दै १४ अंक जोडेको छ । अब त्रिभुवन आर्मी क्लब बाहेक अरु कुनै टोलीले १४ अंक पुर्याउन सक्ने छैनन् । १२ अंक जोडेका बागमती र मधेशले सबै खेल खेलिसकेका छन् । ७ खेलमा ८ अंक सहेको एपिएफ पनि फाइनल पुग्ने होडबाजीमा छ ।
पुलिसले आज गण्डकी प्रदेशले लिएको १७१ रनको लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि ओपनर दिलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्का सहित ५७ रनको विष्फोटक इनिङ खेले । यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । अर्कातिर आरिफ शेखले २२ बलमा २७ रन बनाएर नटआउट रहे ।
ओपनर कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्का सहित २२ रन बनाएर आउट भएका थिए । गण्डकीका लागि सन्दिप पराजुलीले २ विकेट लिए भने कमल परियार र बिपिन खत्रीले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा समेटियो। गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित ५० रनको आक्रामक अर्धशतकिय इनिङ खेले । यस्तै करन पंगेनी र कमल परियारले समान ३०-३० रन बनाउँदा समिर कंडेलले २९ रन बनाए ।
पुलिसका लागि राशिद खान एक्लैले ६ ओभरमा २५ रन दिँदै ५ विकेट लिए । यस्तै करन केसी र ललित राजबंशीले समान २-२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]